२५ श्रावण २०८३, सोमबार | August 10, 2026

छाडाचौपायाका कारण भएको मोटरसाईल दुर्घटनाबाट बुटवलका साईमनको मृत्यु



बुटवल। सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका(१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनाबाट बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्ल मोटरसाइकलमा पछाडी सवार रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने ११ बजे सडकमा छाडिएको छाडा चौपाया गाईसंग ठक्कर खाएको थियो । ।

मोटरसाइकल चालक बुटवल ८ बस्ने २० वर्षिय सागर लामालाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा  लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ५१ बजे

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान