हेटौंडा । केही दिनयता हेटौंडाको हुप्रचौरमा राजनीतिक दलहरूले आयोजना गरेको आमसभाले विभिन्न खेलका खेलाडीको प्रशिक्षण प्रभावित बनिरहेको छ । हरेक दिन जसो हुप्रचौरमा रानीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् । नेकपा एमालेले आइतबार गरेको आमसभाका क्रममा हुप्रचौरमा भएको फोहोर अझैसम्म पनि सफा गरिएको छैन । फोहोरकै कारणा खेलाडीहरू खेल मैदानमा नगएको बताउँछन् ।…