७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिलोत्तमा-९ का वडाअध्यक्ष आचारसंहिताविपरित चुनाव प्रचारमा



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

तर तिलोत्तमा नगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् । तिलोत्तमामा काँग्रेसबाट रामकृष्ण खाण मेयरको उम्मेदवार छन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जननिर्वाचित वडाअध्यक्ष कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरित हुने बताए । “वडाअध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइंदैन, त्यो आचारसंहिता विपरित हुन्छ”-उनले भने । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारवाही गर्ने बताए ।

वडाअध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । “वडाअध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु ”– उनले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ०९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज