१९ बैशाख २०८३, शनिबार | May 2, 2026

ईद मनाउन ईदगाहा पुगेका मुस्लिम समुदायलाई शुभकामना दिँदै भोट माग्दै नेपालगन्जका उम्मेदवारहरु



नेपालगन्ज । मुस्लिम समुदायको सबैभन्दा ठुलो पर्व ईद उल फितरलाई राजनीतिकदलका नेताहरुले भोट फकाउने माध्यम बनाएका छन् । नेपालगन्जको इदगाहामा ईदको नवाज पढ्न भेला भएका मस्लिम समुदायका माझ पुगेर दलका उम्मेदवारहरुले ईदको शुभकामना दिँदै भोट फकाउने उपाय निकालेका हुन् ।

आज बिहानै इदगाहामा भेला भएका मुस्लिम समुदायलाई शुभकामना दिंदै भोट माग्न नेपालगन्ज उपमहानगरमा उम्मेदवार बनेका दलका नेताहरु पालैपालो ईदगाहा पुगेका थिए ।

एमालेबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र भोट माग्न बिहानै ईदगाहा पुगेका थिए । ईदगाहा पुगेका मिश्रले आफु सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभाव साटन ईदगाहा आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए । मिश्राले इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना पनि दिए ।

बिहानै नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्टले पनि ईदगाहा पुगेर आफु निर्वाचित भएपछि नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउने प्रतिबद्धता व्यक्त गरे । समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभकामना साटासाट गर्ने क्रममा विष्टले धार्मिक सहिष्णुतामा नेपालगन्ज अब्बल शहर भएको बताए ।

नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावबारे अन्य शहरले पनि सिक्नुपर्नेमा जोड दिदै उनले यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाईराख्न आफु प्रतिवद्ध रहेको बताए । विष्टसंगै ईदगाहा पुगेका गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राईले कांग्रेस र जसपाले प्रमुख र उपप्रमुख पदमा दुई फरक धर्म र समुदायका उम्मेदवारलाई उठाएर वास्तवमै सद्भावको सन्देश दिएको बताए । ईदगाहमा नमाज पढ्न पुगेका मुस्लिम समुदायसँग नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईले अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए ।

नेपालगन्जमा चुनाव लडिरहेका प्राय सबै दलका नेताहरु बिहानै ईदगाहा पुगेर ईदी नवाज समाप्तीको प्रतिक्षा गरिरहेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ०३ बजे

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,