कञ्चनपुर । जिल्लाको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गएराति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । ना ४ ख ७८८८…