काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बाटो बन्द गरिदिएको छ । सर्वोच्चका न्यायाधीसहरु न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै दशकौंदेखि चर्चामा रहँदै आएको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको विषयमा पूर्णबिराम लागेको…