काठमाडौं । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले प्रदर्शन र धर्ना रोक्न धरपकड गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान १० बजे आयोजित…