२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

गठबन्धनबाट एकीकृत समाजवादीलाई सिट बाँडफाँटमा ‘विशिष्ट मापदण्ड’



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिबेदन तयारी गरेको छ ।

सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन लागेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गरेको बैठकपछि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने उनले जानकारी दिए ।

‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं। बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने , ‘सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने छ।’

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशिष्ट रुपमा राखेर निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।

कार्यदलमा गत निर्वाचनमा जितेको स्थानमा सम्बन्धित दलको दाबेदारी रहने व्यवस्था रहँदा एमालेले जितेको स्थानमा एकीकृत समाजवादीको दाबी रहने अवस्था बन्छ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतमा एकीकृत समाजवादीको मत न्यून आएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : १० बजे

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको