१५ पुस २०८२, मंगलबार | December 30, 2025

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर

भैरहवा । मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ । मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ ।…