१८ भदौ २०८३, बिहिबार | September 3, 2026

२ महिना दिनरात नभनि चुनावमा होमिन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन



सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातदिन खटिएर स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी दुई महिना रात दिन नभनी खटिएर पार्टीको पक्षमा चुनावी परिणाम ल्याउन निर्देशन दिएका हुन् । प्रचण्डले यसपटकको निर्वाचन अन्य दलका लागि सामान्य जित हारको कुरा भए पनि आफ्नो पार्टीका लागि भने गम्भीर विषय भएको स्पष्ट पारे ।

उनले भने, अब चुनाव आउन २ महिना मात्र बाँकी छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। तपाईंहरु रातदिन नभनी खटिनुहोला ।’

अध्यक्ष प्रचण्डले धेरै सोचविचार गरेर एमसीसीमा विवेकपूर्ण निर्णय गरेको स्पष्टीकरण दिए । उनले एमसीसीमा सही निर्णय नभएको भए सरकारको साथै सभामुख पद पनि गुम्ने अवस्था आएको स्पष्ट पारे । अति नै क्रान्तिकारी बन्ने हुँदा क्रान्तीबाटै प्राप्त उपलब्धी गुम्ने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गरेको उनको भनाइ थियो । प्रचण्डले भने, ‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने अवस्था थियो । सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु वुद्धिमानी हो ।’

 

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : २६ बजे

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार