१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरे । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गरे ।

अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे ।

उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए ।

उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ३८ बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),