काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण खेलमा २ विकेटको जित निकालेको छ । सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पीएनजीलाई निर्धारित ५० ओभरमा २०४ मा रोकेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २०५…