काठमाडौं । एकीकृत समाजवादीले आउँदो बुधबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न छलफल गरिएको छ । काठमाडौंमा सोमबार बसिरहेको पोलिट्ब्युरो बैठकमा २५ फागुन बुधबार बस्ने बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । एकीकृत समाजवादी राष्ट्रहितलाई ध्यानमा राखेर…