१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सिंहदरवारमा नेपाली सेनाको नयाँ भवन निर्माणको मन्त्री झाँक्रीले गरिन् शिलान्यास



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्यास गरेकी छन् ।

सिंहदरवारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना रोपनी क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो ।

आगामी दुई वर्षभित्र भवन निर्माण सम्पन्न हुने लक्ष्य आयोजनाले लिएको छ । सिंहदरवारभित्र हाल संघीय संसद भवन निर्माण भइरहेको स्थलमा यसअघि चण्डी दल गण रहेको थियो । संसद भवन निर्माणसँग जोडिको क्षेत्रमा मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न भवन निर्माणको काम सुरु गरेको छ ।

नयाँ भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले तोकिएको समयभित्र नै सम्पन्न हुने विश्वास व्यक्त गरेकी हुन् । मन्त्रालयको तर्फबाट समयसीमा अघि नै सम्पन्न गर्नको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउदै उनले सिंहदरवारभित्र बन्न लागेको आयोजना ढिला सुस्ती भएको अवस्थामा निर्माणको क्षमता माथि नै प्रश्न उठने बताइन् ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले चण्डी दल गणको नयाँ भवन आगामी २२ महिनाभित्र नै सम्पन्न हुने बताए । सहरी विकास मन्त्रालय विभाग र आयोजनाबाट निर्माण व्यवसायीलाई पूर्ण रुपमा सहयोग हुने बताउँदै उनले गुणस्तरीय ढंगले नयाँ भवन तोकिएकै समयभित्र सम्पन्न गर्न आग्रह गरे ।

रक्षा सचिव किरणराज शर्माले सुरक्षाविना विकास र शान्ति प्राप्त नहुने भएकाले समग्र सिंहदरवारको सुरक्षाको लागि चण्डी दल गणको नयाँ भवन निर्माण हुन सुखदु विषय भएको बताए । भूकम्पबाट पीडित नेपाली सेनाका जवानहरु अहिले रक्षा मन्त्रालयको छिडीमा बसिरहेको र समयमा नै नयाँ भवन निर्माण भएपछि बस्नको लागि सहज हुने उनले बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले २५ पुस २०८० सम्म समय रहे पनि त्यसभन्दा अघि नै भवन निर्माण हुने विश्वास व्यक्त गरे ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठले निर्माण हुन लागेको पाँच तले नयाँ भवनमा ७०२ जना नेपाली सेनाका जवान बस्ने गरी डिजाइन गरिएको छ । विभाग र निर्माण व्यवसायीबीच भवन निर्माणको लागि ६५ करोड ९५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित