२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ लाख



पश्चिम नेपालले दियो मृतक व्यावसायका परिवारलाई १५ ला
बुटवल । पश्चिम नेपाल बस व्यावसाय प्रालिले दुर्घटनाबाट मृत्यु भएका चालकका आश्रित परिवारलाई १५ लाख रुपैया रकम हस्तान्तरण गरेको छ ।

प्रालिले गएको मंसिर १५ गते कास्कीको अन्नपुर्ण गाउपालिका काहुलेमा दुर्घटनामा परि मृत्यु भएका बस चालक भुपराज खनालकी श्रीमती माया खनाललाई सोमवार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेको हो ।

माया खनाललाई १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै प्रालिका अध्यक्ष दधिराम खरेलले प्रालिले प्रालिमा आवद्ध मजदुर र व्यावसायको निधन पछि पनि आश्रित परिवारमा जिविको पार्जनमा समस्या नआओस भन्ने उदेश्यले बिमा कम्पनी र प्रालिको आन्तरीक श्रोतवाट रकम उपलब्ध गराउदै आएको बताए ।

प्रालिका कोषाध्यक्ष मोहन पिएसका अनुसार खनालका आश्रित परिवारलाई १० लाख दुर्घटना बिमा बापतको रकम र ५ लाख मजदुर बिमा बापतको रकम हस्तन्तरण गरिएको हो ।

लु१ ख ७७६६ नम्वरको यात्रुवाहक बसका चालक भुपनाथ खनालको गएको मंसिर १४ गते भैरहवाबाट बाग्लुङ जादै गर्दा पोखरा पर्वत सडक खण्डको काहुलेमा दुर्घटनामा ज्यान गएको थियो ।

दुर्घटनामा परेर क्षतबिक्षत उक्त बस मर्मतका लागि लागि समेत प्रालिले यसअघि खनाल परिवारलाई चारलाख रुपैया राहत स्वरुप उपलब्ध गराएको कोषाध्यक्ष पिएसले बताए ।

प्रालिले प्रालिमा आवद्ध भएका व्यावसायको अवधी २ बर्ष पुरा भएको अवस्थामा थप २ लाख रुपैया गरि १७ लाख रुपैया रकम उपलब्ध गराउदै आएको छ । प्रालिले यस अघि प्रालि आवद्ध ३० जना भन्दा बढी स्वरोजगार मजदुर तथा ब्यवसायीका आश्रित परिवारलाई रकम हस्तान्तरण गरि सकेको कोषाध्यक्ष पिएसले बताए ।

नेपालको सबैभन्दा धेरै सार्वजनिक यात्रुवाहक साधनका व्यावसाय आवद्ध भएको प्रालिमा हाल सम्म २४ सय हाराहारी ब्यवसायी रहेका छन् । प्रालिका अनुसार आवद्ध ब्यवसायी सदस्य मध्ये १२ सय भन्दा बढी ब्यवसायी आफै चालक वा परिचालकका रुपमा कार्यरत रहेका छन् ।

प्रालिका प्रवन्धक रामचन्द्र भुसालका अनुसार एक बिस्थापित र एक स्थापितको रणनिती अन्तरगत पुराना र थोत्रा गाडी बिस्थापन गरेको उक्त कम्पनीमा ३ सय एसी बस छन भने १५० डिलक्स बस छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ५९ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण