१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बाहिर, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बिहिन भएका छन् । सम्पर्क बाहिर रहेका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय नक्सालले तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो । 'आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा…