काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । गठबन्धनका दुई शीर्ष नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । यससँगै दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजेका लागि सरेको छ । दुई नेताबीच एमसीसी र गठबन्धनको भविष्यको विषयमा साझा सहमति…