काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा बैठकमा पछिल्लो परिस्थितिमा एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुँदैछ । विशेषगरी आजको बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्ता गठबन्धनले दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफल हुँदैछ । जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव विरुद्ध एमालेले काउन्टर प्रस्ताव दर्ता…