१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले जान्छ ? जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ – नेम्वाङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी होला कि नहोला रु किनकी एमालेले निस्कान गरेका भनिएका १४ सांसदलाई सभामुख सापकोटाले नहटाएको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरेको भोलिपल्ट अर्थात् आज बोलाइएको बैठकमा पनि एमाले सहभागी हुने सम्भावना न्यून रहेको ठानिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली त एकीकृत समाजवादी पार्टी नभइ समूह रहेको र त्यो अवैध भन्दै आएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा अहिलेसम्म एमाले नगएको’ बताए ।

यद्यपि कार्यव्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ । ‘आजको सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ’, नेम्वाङले भने ।

सभामुख सापकोटाको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षडयन्त्रको भूमरीबाट आएको भन्दै प्रतिवाद गर्ने भनिसकेको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ३२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण