काठमाडौं । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिका लागि आर्मीका टेकबहादुर १८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र २० औं मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा-११…