काठमाडौं । मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।…