६ पुस २०८२, आइतबार | December 21, 2025

ऐतिहासिक रभुवा मेला स्थगित

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ । करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो । कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि…