१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माघीले कोरोना नियन्त्रण गर्न ऊर्जा प्रदान गर्ने उपराष्ट्रपति पुनको विश्वास



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले माघे संक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा मिल्ने बताएका छन् ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याललगायत अन्य समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रुपमा मनाउने माघेसंक्रान्ति पर्व मनाउने गर्दछन् ।

उनले कोभिड-१९ को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर