साउदी अरेबिया । हरेक युवाको सपना हुन्छ- विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने । यही सपना बुनेर ११ वर्षअघि बुटवल-४ का दामोदर क्षेत्री साउदी अरब पुगे । साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो । पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश…