११ बैशाख २०८१, मंगलबार | April 23, 2024

लुम्बिनी प्रदेशमा लामो समय संसदीय समिति अपूर्ण , नयाँ गठबन्धन सरकार बनेपछि निश्क्रिय देखिए संसदीय समितिहरु



बुटवल । लुम्बिनी प्रदेशको संंसदीय समिति सरकार एमालेसँगको गठबन्धन टुटे पछि अहिले सम्म पुर्ण भएका छैनन् । ६ वटा विषयगत संसदीय समिती मध्ये दुई वटा समिति मात्र पुर्ण छन् भने अरु चार वटा पूर्ण छैनन् ।

प्रदेश सभा सुचना अधिकारी दिनेश अधिकारीका अनुसार पूर्ण भनिएको भौतिक पूर्वाधार विकास समिती र प्रदेश मामिला तथा कानुन समितिको सभापति भए पनि सदस्य संख्या अपूर्ण छन् ।

संसदीय समिति पुर्ण नभएका कारण वैठक बस्न सकेको छैन उनले भने, नया गठबन्धनको सरकार बने पछि अहिले सम्म कुनै बैठक वसेको छैन।

अधिकारीका अनुसार पूर्ण भएका समितिको बैठक आर्थिकवर्ष साउन महिनाको अन्त्यमा बसे पछि अहिले सम्म बस्न सकेको छैन ।

संसदिय समितिमा छ वटा समिति हुने र ती समिती मध्ये ४ वटा समिति अपूर्ण भएका कारण वैठक वस्न नसकेको हो । अधिकारीले भने ।

४ वटा संसदीय समिति कुनैमा पनि सभापति छैनन् । कृषि बन तथा बातावरण समितिका पुर्ब सभापति बिजय बहादुर यादब दल त्याग गरेको भन्दै जसपाले कारबाही गरेपछि सो पद खाली भएको छ

भने सार्बजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरी शहरी विकास मन्त्री भए पछि उक्त पद खाली भएको छ ।
सामाजिक बिकास समितिका दीलनारायण पाण्डे राण्ट्रिय सभा सदस्यमा निर्बाचित भए पछि सो पद पनि पद खाली भएको छ भने अर्थ उद्योग तथा पर्यटन समितिका पुर्ब सभापति दधिराम न्यौपाने दल त्याग गरेको भनी पार्टीले कारबाही गरेपछि सो पद खाली भएको छ ।

हालसम्म कुन समितिको बैठक कति पठक बस्यो

आर्थिक वर्ष ७४।७५ मा कुनै पनि संसदिय समितिको बैठक वसेको छैन र कुनै अनुगमन पनि भएन । त्यस यता आर्थिक बर्ष २०७५।७६ देखि हालसम्म प्रदेश मामिला तथा कानुन समितिको बैठक ७६ पटक बसेको छ । ४ पटक अनुगमन गरेको देखिन्छ । सबैभन्दा कम भौतिक पूर्वाधार विकास समिति को वैठक आर्थिक बर्ष ७५। ७६ देखि हाल सम्म ३६ पटक बसेको छ। अनुगमन ४ पटक गरेको देखिन्छ ।

सार्वजनिक लेखा समितिले सबैभन्दा बढि अनुगमन १० पटक गरेको देखिन्छ । आर्थिक बर्ष ७५।७६ देखि हाल सम्म ७१ पटक बैठक बसेको संसद सचिवालयको तथ्यांकमा उल्लेख छ ।

कृषि बन तथा बातावण समितिको आर्थिक बर्ष ७५।७६ देखि हाल सम्म ७१ पटक बैठक बसेको छ। ७ पटक अनुगमन गरेको छ भने सामाजिक बिकास समितिको बैठक आर्थिक बर्ष ७५।७६ देखि हाल सम्म ७६ पटक बसेको छ। सो समितिले ४ पटक अनुगमन गरेको छ ।

अर्थ उद्योग तथा पर्यटन समितिको आर्थिक बर्ष ७५।७६ देखि हाल सम्म ३७ पटक बैठक बसेको छ। १ पटक अनुगमन गरेको छ ।

चालु आर्थिक वर्षमा सभापति चयन नभएकै कारण ४ वटा समितिको एक पटक पनि वैठक वसेको छैन । २ पूर्ण संसदीय समितिको बैठक पनि ३ पटक मात्र बसेको छ ।

‘संसदिय समितिहरूले सभापति नपाउदा समिति पूर्ण नहुदा संसदिय गतिविधि क्रियाशील छैन निस्किय वनेको छ ।’ सुचना अधिकारीले भने ।

लुम्बिनी प्रेदश सभाका सभामुख पुर्णवहादुर घर्तीमगरका अनुसार सत्ता पक्ष प्रतिपक्षको अन्तर विरोध राजनीति, अवरोध खिचातानीका कारण संसदिय समितिहरू पूर्ण र प्रभावकारी वन्न सकेका छैनन्। उनले आगामी संसदको अधिवेशनमा यी अपुर्ण समितिहरुको निर्वाचन गरि पूर्ण गरिने बताए ।

नेकपा एमालेको संसदमा अवरोध र राजनिति दलहरुले बैठक बस्ने सम्बन्धी छलफल हुदा देखाएको वेवस्थाका कारण समिति पुर्ण हुन नसकेको माओवादी केन्द्रका प्रमुख संचेतक बसन्त घर्तिमगरले वताए । दलीय गठवन्धन भित्र सहमति हुन नसक्दा समस्या भएको उनले वताए । ‘वर्षे अधिवेशन सकिएर हिउदे अधिवेशन सुरु हुदै छ । संसदिय समिति पुर्ण हुनका लागि सदन चल्नु पर्छ संसद वैठक नै वसेको छैन,’ उनले भने ।

संसदिय समितिहरू सरकारका काम करवाहीको अनुगमन गर्न जनताका समस्या र आवाजलाई व्यवस्थित तरिकाले उठाई प्रदेशसभाको सहयोगको लागि गठन गर्ने गरिन्छ ।संसदीय समितिहरु प्रदेशसभाको प्रभावकारिता वृद्धि गर्न निर्माण गरिएका सहयोगी अंग हुन् । यस्ता महत्वपूर्ण संसदिय समिति प्रदेश संसद बनेको पाँच वर्ष पुग्न लाग्दा पनि पुर्ण हुन नसक्नुलाई सरकारात्मकरुपमा लिन सकिँदैन । तर माओवादीका प्रमुख सचेतक वसन्त घर्तीले भने अपूर्ण समिति भएपनि समितिमा रहेका सदस्यहरुले कामहरु गरीरहेको दाबी गर्छन् ।

एमालेको सरकार हुंदा संसदीय समिति प्रति कुनै चासो नदेखाएको र समिति पुर्ण गर्न वैठक वस्ने वारे छलफल हुदा वेवास्ता गरेका कारण समितिहरुले पूर्णता पामउन नसकेको नेपाली कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले वताए ।

‘एमाले सरकारवाट वाहिरए पछि सदन अवरुद्ध गर्ने र संसदीय समिति पुर्ण गर्न नाम पठाउन ढिला गरेको कारण र कोभिड – १९ का कारण अनुगमन हुन नसक्दा समितिहरु निश्क्रििय जस्तै देखिएका हुन् ।’ उनले भने।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका मुख्य सचेतक भुमिश्वर ढकालले आफ्नो पार्टीको सरकार हुदा संसदिय समितिहरू क्रियाशील भई काम गरेका तर अहिलेकोे गठवन्धन सरकारले संसदीय समितिहरू बैठक पनि नवसेको र कुनै काम नदिएर निस्क्रिय पारेको आरोप लगाए ।

आफुहरुले संसदीय समितिलाई पूर्णता दिन एक महिना अघि नाम पठाएको तर सरकारले समितिलाई पूर्णता दिन नसकेको ढकालले बताए।

राजनिती पार्टीको सत्ता मोह ,गठबन्धनको खिचातानी , सुबिधामोह ,नेताहरुको ईच्द्दाशक्तिको कमी कारण संसदिय समितिहरु पुरा हुन नसकेको राजनिती बिष्लेषक ईस्वर ज्ञवालीको तर्क छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : १० बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा