२४ असार २०८३, बुधबार | July 8, 2026

कार्यव्यवस्था परामर्शको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने भएपछि दलहरू विभाजित भएका छन् । एमसीसी प्रस्ताव पेस गरिए सरकारबाट बाहिरिने र गठबन्धन तोड्ने निर्णय गरिसकेको छ ।

बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुउपस्थित रहेको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ०६ बजे

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल