बुटवल । मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो । बाबुसंगै बाग्लुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी…