१५ भदौ २०८३, सोमबार | August 31, 2026

गठबन्धनका दललाई नेकपा एसको आह्वान : एकताबद्ध भएर निर्वाचनमा सहभागी होऔं



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गरेको छ ।

केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष निकालेको हो ।

बैठकले सरकारले वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

त्यसैगरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरुलाई पनि धन्यवाद दिने निर्णय नेकपा एसले गरेको छ ।

लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा पार्टीका लागि गौरवको कुरा भएको महासचिव वेदुराम भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकव छ । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने नेकपा एसले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : ०६ बजे

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको

रसुवागढी सुरुङमा मान्छे फसेको भेटिएन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका