काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु(यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिए । कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व…