७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

काठमाडौं । भारतीय गायिका लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् । 'दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु,' प्रधानमन्त्री देउवाले लेखेका छन्, 'उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु…