२४ असार २०८३, बुधबार | July 8, 2026

संसद्को गत्यावरोध हटाउन सभामुख सापकोटाको आग्रह



काठमाडौं । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् र

संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन् । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ ।

राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ३२ बजे

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

भैरहवा । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक

सभामुख र एमाले सांसदबीच जुहारी, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको