६ श्रावण २०८१, आइतबार | July 21, 2024

माओवादीको प्रष्टिकरण – परिमार्जन विना एमसीसी पारित हुन सक्दैन



काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी परिमार्जन विना पारित गर्न नसकिने स्प्ष्ट पारेको छ ।

एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक भएपछि माओवादीले पार्टीको अहिलेसम्मको अडान स्पष्ट पारेको हो ।

आइबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भनेको छ, ‘हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ।’

प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नेपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको सचिवलयले उल्लेख गरेको छ ।

‘२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, प्रचण्डको सचिवालयले भनेको छ, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’

देशमा एमसीसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसिसीबारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएकाले पत्र लेख्नुपरेको प्रचण्डको सचिवालयको जनाएको छ ।

‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनीतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : १९ बजे

प्रधानमन्त्री ओलीले पाए भारी मतका साथ विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त

रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवद्र्धनमा सम्झौता

काठमाडौं । पर्वतीय पर्यटन प्रवद्र्धन प्रयोजनार्थ नेपाल र चीनका दुई

महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

काठमाडौं । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित