१५ भदौ २०८३, सोमबार | August 31, 2026

देउवासँग प्रचण्डको गुनासो – एमसीसीलाई पठाएको पत्र किन सार्वजनिक गरेको ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोन सम्वाद गरेका छन् ।

एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक गरिएलगत्तै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेता नारायणकाजि श्रेष्ठसँग फोनमा छलफल गरेका हुन् ।

त्यसक्रममा देउवाले एमसीसीलाई अब अलमल नगरी संसदबाट पारित गर्ने प्रक्रियामा लैजानुपर्ने प्रस्ताव गरेका थिए । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालयबाट प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गत सेप्टेम्बरमा एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक गरिएको थियो । यससँगै एमसीसी मुख्यालले दुई नेतालाई हालै पठाएको जवाफी पत्र पनि सार्वजनिक गरिएको छ ।

फोन सम्वादका क्रममा प्रचण्डले देउवासमक्ष पत्र सार्वजनिक गरिएको आपत्ति जनाएका थिए । माओवादीले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएको छ । एमसीसी मुख्यालयलाई पठाएको पत्रमा पनि राष्ट्रिय सहमति कायम गरेर मात्र पारित गर्ने भनिएको माओवादीका एक नेताले बताएका छन् ।

प्रचण्डसँग फोनमा छलफल गरेका प्रधानमन्त्री देउवाले आजै अपरान्ह प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि सात महिनापछि आज पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् । त्यसलगत्तै पुनः प्रचण्डसँग देउवाले छलफल गर्दैछन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : १२ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत