३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

देउवासँग प्रचण्डको गुनासो – एमसीसीलाई पठाएको पत्र किन सार्वजनिक गरेको ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोन सम्वाद गरेका छन् ।

एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक गरिएलगत्तै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेता नारायणकाजि श्रेष्ठसँग फोनमा छलफल गरेका हुन् ।

त्यसक्रममा देउवाले एमसीसीलाई अब अलमल नगरी संसदबाट पारित गर्ने प्रक्रियामा लैजानुपर्ने प्रस्ताव गरेका थिए । आइतबार बिहान प्रधानमन्त्रीको सचिवालयबाट प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले गत सेप्टेम्बरमा एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक गरिएको थियो । यससँगै एमसीसी मुख्यालले दुई नेतालाई हालै पठाएको जवाफी पत्र पनि सार्वजनिक गरिएको छ ।

फोन सम्वादका क्रममा प्रचण्डले देउवासमक्ष पत्र सार्वजनिक गरिएको आपत्ति जनाएका थिए । माओवादीले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएको छ । एमसीसी मुख्यालयलाई पठाएको पत्रमा पनि राष्ट्रिय सहमति कायम गरेर मात्र पारित गर्ने भनिएको माओवादीका एक नेताले बताएका छन् ।

प्रचण्डसँग फोनमा छलफल गरेका प्रधानमन्त्री देउवाले आजै अपरान्ह प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि सात महिनापछि आज पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् । त्यसलगत्तै पुनः प्रचण्डसँग देउवाले छलफल गर्दैछन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : १२ बजे

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप