काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको चुनावको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । चुनावको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका…