लुम्बिनी। भारतीय वायु सेनाको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सुरक्षामा खटिने (स्पेशल प्रोटेक्सन गार्ड –एसपीजी)का कमाण्डो लिएर वायु सेनाको इलुसियन विमान आईसी–७६ विमान आज भैरहवास्थित नयाँ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीको दिन लुम्बिनी आउने कार्यक्रम रहेको छ ।…