बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ । आफ्नै छिमेकी रामजनम यादवको परिवारले…