२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा भोलि गठबन्धनको चुनावी सभा : देउवा, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने

बुटवल । नेपाली काँग्रेस सहितको गठबन्धनले भोली २४ गते शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सम्बोधन गर्ने कांग्रेस रुपन्देहीले जनाएको छ । स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी…