बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको देशभरीका भौतिक सम्पत्तीमा आफ्नो हक लाग्ने बताएका छन् । एकीकृत समाजवादीको रुपन्देहीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले एमालेको देशभरीका कुनै पनि स्थानमा पार्टी कार्यालय नबनाएको र कुनैपनि ट्रेडयुनियन नबनाएको दाबी गरे । अध्यक्ष नेपालले एमाले निर्माणमा आफ्नो ठुलो योगदान रहेको दाबी…