काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग…