१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले महाधिवेशनले पार्टीलाई केपी ओलीको प्राइभेट कम्पनी बनायो : माधव नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको देशभरीका भौतिक सम्पत्तीमा आफ्नो हक लाग्ने बताएका छन् । एकीकृत समाजवादीको रुपन्देहीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले एमालेको देशभरीका कुनै पनि स्थानमा पार्टी कार्यालय नबनाएको र कुनैपनि ट्रेडयुनियन नबनाएको दाबी गरे ।

अध्यक्ष नेपालले एमाले निर्माणमा आफ्नो ठुलो योगदान रहेको दाबी गर्दै केपी ओलीले नेतृत्व सम्हाले देखि पार्टीलाई दक्षिणपन्थी बनाएको आरोप लगाए । ‘मार्क्सवादी प्रशिक्षण छैन, समाजवादी बहस छैन, राजावादीहरुसँग साँठगाँठ गरेको छ, रातविरात विदेशी कुटनितिक व्यक्ति संग भेट्या , यसरी कम्युनिष्ट पार्टी बन्छ ?’ अध्यक्ष नेपालले प्रश्न गरे, -‘कम्युनिष्ट पार्टीको महाधिवेशनको निर्णय मान्दिन, संसदलाई मान्दिन भन्ने मान्छे कम्युनिष्ट हुन सक्दैन ।’ उनले नारायणी किनारमा तमासा र कुम्भमेला गरेर निरंकुशता कायम गर्दै एमालेले कम्युनिस्ट विचार परित्याग गरेको र पार्टीलाई केपीको प्राईभेट कम्पनी बनाइएको टिप्पणी गरे ।

उनले एमालेको नामबाट ३ वर्ष सम्म सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा दिने गफ सुनाएर भुलाएको आरोप लगाउँदै सुकुम्बासी र भुमिहिन किसानहरुको समस्या गफ गर्ने विषय नभएको स्पष्ट पारे । उनले केपी ब्युरोक्याट भित्रका नोकरशाीहरू दलालहरूलाई उकास्ने र दलालहरू नोकरशाहीहरूको आडमा जनतामाथि शोषण गर्ने काम भइरहेको चर्चा गर्दै त्यसको अन्त्य गर्नका लागि आफ्नो पार्टी बनेको बताए ।

नेताले नेपालको पछिल्लो राजनीतिमा चुनावदेखि चुनावसम्मको मान्यता स्थापित भएको उल्लेख गर्दै एकीकृत समाजवादीले जनता देखि जनतासम्मको राजनीति स्थापित गर्न खोजेको स्पष्ट पारे । जनता देखि जनता सम्मको नीति लिन सकेमात्र पार्टीले सफलता पाउने नेपालको भनाई छ ।

यथाअवस्थामा चुनाव निकै खर्चिलो भएको बताउँदै भोज खुवाउने र पैसा बाँड्ने प्रबृत्तिलाई नरोके गरिव जनता र नेता चुनावको पहुँचबाट बाहिर रहने अवस्था आएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ४० बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी