३ पुस २०८२, बिहिबार | December 18, 2025

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने ?

नेपालगञ्ज । बाँके नरैनापुर-३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् । कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ ।…