७ आश्विन २०८३, बुधबार | September 23, 2026

तानसेन-रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द



पाल्पा । तानसेन-रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।

जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि १५ दिनसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यलय पाल्पाले जनाएको छ ।

समयमै काम सम्पन्न गर्नको लागि निर्माण व्यवसायी प्रदीपरशाइन जेभीले यातायात बन्द गर्न आग्रह गरे बोमोजिम सडक डिभिजन कार्यालय पाल्पा, निर्माण व्यवसायी र जिल्ला प्रशासन बीचको छलफलबाट दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सुरक्षा निकाय र एम्बुलेन्सका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।

जोर्तेमा सडक चौंडाको काम सञ्चालनमा रहेको र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गर्नु परेको सूचनामा जनाइएको छ । सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते-लुहुङ-चण्डीभनञ्याङ हुँदै बतासेडाडाँको बाईपास सडक प्रयोग गर्न समेत डिभिजन कार्यालयले अनुरोध गरेको छ । सडक कार्यालयले यसअघि पनि सोही स्थानमा सडक चौडा गर्न भन्दै सडक १५ दिन बन्द गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई