८ बैशाख २०८१, शनिबार | April 20, 2024

तानसेन-रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द



पाल्पा । तानसेन-रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।

जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि १५ दिनसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यलय पाल्पाले जनाएको छ ।

समयमै काम सम्पन्न गर्नको लागि निर्माण व्यवसायी प्रदीपरशाइन जेभीले यातायात बन्द गर्न आग्रह गरे बोमोजिम सडक डिभिजन कार्यालय पाल्पा, निर्माण व्यवसायी र जिल्ला प्रशासन बीचको छलफलबाट दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्मका लागि सडक बन्द गरिएको हो ।

सुरक्षा निकाय र एम्बुलेन्सका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।

जोर्तेमा सडक चौंडाको काम सञ्चालनमा रहेको र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गर्नु परेको सूचनामा जनाइएको छ । सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते-लुहुङ-चण्डीभनञ्याङ हुँदै बतासेडाडाँको बाईपास सडक प्रयोग गर्न समेत डिभिजन कार्यालयले अनुरोध गरेको छ । सडक कार्यालयले यसअघि पनि सोही स्थानमा सडक चौडा गर्न भन्दै सडक १५ दिन बन्द गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले