६ आश्विन २०८३, मंगलबार | September 22, 2026

प्रचण्डको प्रष्टिकरण – शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्डले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा प्रचण्डले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका छन् ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “अध्यक्ष प्रचण्डले हिजो मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।” उनले अहिलेको नेपाली पूँजी÷शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे।

उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे ।
–––

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ५६ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ