धादिङ । गजुरी गाउँपालिका-२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ…