२७ असार २०८३, शनिबार | July 12, 2026

स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ : घनश्याम भुसाल



तिलोत्तमा । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

“महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,” उनले भने– महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।” एमाले यस निर्वाचनमा पाण्डवको रुपमा खडा भएको उनको भनाई छ ।

महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालीको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं नेता भुसालले सम्बाधेन गर्दै थिए ।

रुपन्देहीको तिलोत्तमामा आयोजित चुनावी कार्यक्रमलाई संबोधन गर्दै एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्टिय पहिचान बनाइसकेको भन्दै अवको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । “यहाँ पाँच वर्षमा प्रयाप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरु अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ ”, भुसालले भने ।

्तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसावले एमालेले सबै हिसावले क्षमताबान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

एमालेका उम्मेदवारको तुलनामा अरु कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दावी गरे ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : ५८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका