२१ असार २०८३, आइतबार | July 5, 2026

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत प्राप्त गरे। यसअघि पनि पोखरेल १०औँ महाधिवेशनबाट महासचिव पदमै निर्वाचित भएका थिए।