अमरगढी । डडेल्धुरा सदरमुकाम (अमरगढी) नजिक टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शनिबार अपराह्न अमरगढी नगरपालिका-५ बगरबाटास्थित सुकेधारामा सुदूरपश्चिम प्रदेश–००१–क १८७९ नम्बरको टिप्पर सडकबाट खसेको थियो । दुर्घटनामा परेर टिपरका चालक डडेलधुराको अजयमेरु गाउँपालिका-२ बस्ने दिपक ऐरको मृत्यु भएको…