२१ भदौ २०८३, आइतबार | September 6, 2026

गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन : ओली



बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् ।

उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।

‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए ।

ुप्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,ु उनले भने । अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ३३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा