काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएको समयमा असाधारण काम गरेको दाबी गरेका छन् । केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्वमा भएका बेला असाधारण काम गरेको दाबी गरेका हुन् । राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त नै प्रस्तुत गरे ।…