जाजरकोट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिइन । अन्य समयमा हिउँले सेताम्य…