६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेका गठबन्धनका शीर्ष दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक विषयमा छलफल भएको छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाले आफु प्रधानमन्त्री भएकै दिन कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जना मन्त्री बनाएका थिए । देउवाले बीचमा कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री र कांग्रेसकै नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए ।

सत्तासाझेदार दलहरु जसपा र एकीकृत समाजवादीबीच राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा फरक मत रहेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो ।

तर सरकारले आफैले दल विभागजन गर्न ल्याएको अध्यादेश राष्ट्रपतिमार्फत खारेज गराएपछि गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।
माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरु छान्नैका लागि आज स्थायी समिति बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ४६ बजे

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र